बौद्ध गुम्बाहरु दलाईका आश्रयस्थल नेपाल विदेशीको खेल मैदान बन्ने खतरा

User Rating: / 0
PoorBest 
काठमाडौं, नेपालको संक्रमणकालिन राजनीतक अवस्थाको नाजायज फाइदा उठाउादै नेपाल भित्रका प्रतिगामी पुनरुत्थानवादी दलहरू तिनका मतियारहरु तथा लोकतान्त्रिक र जनवादी आवरणमा भइरहेका दक्षिणपन्थी अवसरवादीहरूले भरपुर फाइदा उठाउने क्रम तीब्र रूपमा बढेको छ। यसै मौकाको आडमा नेपालमा बैदेशीक चलखेल र उनीहरूको राष्ट्रिय स्वार्थ अनुकुलका क्रियाकलापहरू पनि तीब्र रूपले बिकास भैरहेको छ। ०६२–०६३ को आन्दोलन र त्यस अघि नेकपा (माओवादी) द्वारा सञ्चालित दशवर्षे जनयुद्धले नेपाली जनतामा अभूपूर्व चेतना जगाईदिएको छ। ती आन्दोलनहरूले देशीय सामन्तवाद विरूद्ध मात्र होइन बिस्तारवाद, प्रभुत्ववाद र साम्राज्यवादका विरूद्ध पनि नेपाली जनताको जागरूकताको परिचय विश्वसामु प्रस्तुत गरिसकेको छ। नेपाली जनताले त्यही दशवर्षे जनयुद्ध र १९ दिने बिराट जनआन्दोलनको जगमा सामन्ती राज्यसत्ताको अन्त्य गरे, संविधानसभा निर्वाचन सम्पन्न गरे र गणतन्त्र कार्यान्वयन प्रक्रिया अघि बढाए अग्रगामी बिकासक्रमको यो गति अगाडि बढ्दै गयो भने देशी–बिदेशी यथास्थितिबादीहरूका सपना र योजना क्रमशः सिथिल हाुदै जाने र सगरमाथाको काखमा रहेको सानो हिमाली गणतन्त्र उच्च मनोबलका साथ विश्वभरका अन्याय अत्याचार र उत्पीडनमा परेका जनताका लागि प्रेरणाको श्रोत बन्ने भयो। यस्तो अवस्थामा देशी–बिदेशी प्रतिक्रियावादीहरूका लागि अकल्पनीय हुन सक्ने संकेत देखेपछि उनीहरू निकै गहिरो षडयन्त्रमा लागेका छन्। त्यस्तो षडयन्त्रलाई साकार रूप दिन उनीहरूले नेपाली भूमि, नेपाली पाखुरा र नेपाली समुदायहरूलार्य नै हतियारका रूपमा प्रयोग गर्न थालेका छन्। यस क्रममा छिमेकी भारत र चीनको चासो अत्याधिक बढेको छ। चीनले चासो राख्ने महत्वपूर्ण विषय नेपालले आदिकालदेखि चीनको अभिन्न अङ्गका रूपमा स्वीकार गरेको तिब्बतलाई “स्वतन्त्र” गराउने अभियान नेपालमा तीब्र हुनुले गर्दा हो। भारत भने आफ्नो आर्थिक, सामरिक स्वार्थमा नेपालबाट कुनै खतरा उत्पन्न नहोस् र यसका प्राकृतिक श्रोत साधनको दोहनमा आफ्नो वर्चस्व कायम रहोस भन्ने रहेको छ। तर, संयुक्त राज्य अमेरिका लगायत अमेरिकी खेमाका मुलुकहरूको गतिविधि पनि नेपालमा अत्याधिक बढेको छ। अमेरिकी चासो बढ्नुमा विश्व अर्थतन्त्रको उदाउासो शक्ति, आणविक र अन्तरिक्ष विज्ञानमा पनि महाशक्तिका रूपमा बिकसित भै रहेको जनवादी गणतन्त्र चीनलाई चारैतिरबाट घेरा हाली, त्यहाा आन्तरिक गडबडी सिर्जना गरी अस्थीर राजनीतिक वातावरण निर्मा(ा गरेर चीनलाई कमजोर गराउने रणनीति रहेको सबैका अगाडि खुलेकै विषय हो। यही कार्य सम्पन्न गर्न अमेरिकाले नेपालमा अदृष्य बाटोबाट करोडौं डलर वर्षेनी खर्च गर्दै आएको छ। उसको यस अभिष्टको कार्यमा विभिन्न बौद्ध गुम्वाहरू, तिब्बती शरणार्थीका क्याम्पहरु, ताइवानी सहयोगमा सञ्चालित गैससहरू क्रियाशील छन्। यिनका काम गुप्त रूपले मात्र होइन बेला–बेलामा खुला रूपमै प्रदर्शन हुने गरेको छ। एक चीन नीतिको हिमायती बताउने सरकारले भने चीन बिरोधी यस्ता गतिविधिप्रति आाखा चिम्लने गरेको छ। केही दिन अघि देखि श्रृङ्खलाबद्ध रूपमा गुप्तचर रिपोर्टको आधारमा प्राप्त समाचार भनि एक दैनिकले नेपालका विभिन्न गुम्बाहरू स्वतन्त्र तिब्बतका लागि दलाई लामाको अभियानका पक्षमा क्रिायशील रहेको भनि समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको प्रभाव निस्तेज पार्न ठूला आकारका त्यस्तै अन्य दैनिक पत्रिकाहरूले भने सोझै ती गुम्बाहरूका पक्षमा वा घुमाएर “फ्रि तिब्बत मुभमेन्ट” का पक्षमा वकालत गरेका छन्। यसमा शंका गर्नु पर्ने कुनै ठाउा छैन कि राजधानी काठमाडौं वरपरका र विभिन्न बौद्ध तिर्थस्थलहरूमा बनेको अत्याधुनिक सुविधायुक्त विशाल बौद्ध गुम्बाहरू भक्त र अनुयायीहरूका दान दक्षिणाबाट मात्र निर्माण हुन सक्दैनन्। ती गुम्बाहरूमा नियमित रूपमा आइ–जाई गरि रहने बिदेशीहरूको गतिविधिहरू पनि संदिग्ध छन्। उनीहरूले विभिन्न राजनीतिक दल, तिनका प्रभावशाली भ्रातृ संगठन, प्रभावशाली व्यक्ति, सञ्चारकर्मीसम्मलाई आर्थिक प्रलोभनमा फसाएका छन्। वर्तमान गृहमन्त्री भीम रावल स्वयं एकताका फ्रि तिब्बतका पक्षमा वकालत गर्ने व्यक्ति रहेको तथ्य समेत हालै खुलेको छ। चीन विरोधी गतिविधि रोक्नुपर्छ भनि तर्क र विश्लेषण गर्ने व्यक्तिहरूलाई आस, त्रास, प्रलोभनमा पार्ने अभियानमा अहिले हिमाली बौद्ध समाज काठमाडौं र तिब्बती समुदाय नेपाल नामक दुई संस्था अगंणी स्थानमा रहेको सुत्रहरूले बताएका छन्। यी बाहेक राजधानी नजिकका फर्पिङ र काभ्रेमा रहेका एक दर्जन गुम्बाहरूबाट पनि स्वतन्त्र तिब्बत अभियानकालागि पैसाको खोलो बगाईएको र त्यो खोलामा केही समासदहरू, मन्त्रीहरू र गृह मन्त्रालयका अधिकारीहरू समेत पौडी खेली रहेको सुत्रको दावी छ। हिमाली बौद्ध समाज र तिब्बती समुदायले त कतिपय प्रमुख सञ्चार माध्यमहरूलाई आफुतर्फ आकर्षित गर्न अमेरिकी राष्ट्रपति ओबामा र दलाई लामालाई बधाइ दिने विज्ञापन प्रदान गर्ने प्रलोभनमा पारिसकेका छन्। यी घटनाक्रमहरुको विश्लेषण गर्दा नेपालको संक्रमणकालको गति धेरै दिन लम्बियो भने बिदेशीहरूको बढ्दो चलखेलले यो मुलुक बिदेशीहरूको चरम विकृतियुक्त कृडास्थल बन्ने स्थिति सिर्जना भएको देखिन्छ। यसर्थ अनपेक्षित स्थिति उत्पन्न हुन नदिने हो भने यस्ता गतिविधि नियन्त्रणकालागि जनतहमा नै अभियान सुरू गर्नु आवस्यक रहेको विश्लेषकहरूको ठहर छ। नयाँ प्रकाश..