नेदरल्यान्डस् का नेपालीहरुले दशै तिहार मनाउने
यही ११ अक्टुबर २००९ का दिन नेदरल्यान्डस् वासी नेपालीहरु ले भब्य रुपमा दशै तिहार कार्यक्रम मनाउने भएका छन । गैह आवासिय नेपाली संगठन (एन आर एन ), नेपाल बिकास प्रतिष्ठान (एन डिए ) , नेपाली जन संपर्क समिती (एनजे एस एस) र नेपाल म्युजिक फाउन्डेसन नामक संस्थाहरु द्वारा सन्युक्त रुपमा आयोजना गरिने उक्त कार्यक्रममा नेदरल्यान्डस् स्थित बिभिन्न नेपाली तथा नेपाल लाई सहयोग गर्ने अन्य बिदेशी संघ संस्थाहरुको पनि सहयोग र सहभागीता जनाउने भएका छन ।
आयोजक संस्था नेपाली जनसंपर्क समितिका अध्यक्ष श्री नारायण आचार्य का अनुसार उक्त दिन नेपाल म्युजिक फाउन्डेसनको अग्रसर्तामा नेदरल्यान्डस् स्थित अन्य संगितिक ग्रुपहरुले अत्यन्त रोचक एबम मनोरन्जनात्मक सान्कृतिक कार्यक्रम को आयोजना गरिएको जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम नेदरल्यान्डस् को राजधानी Amsterdam स्थित Bos en Lommerweg 191, Amsterdam को Podium Moaiek को सुन्दर एबम आनन्ददायिक हलमा हुँदैछ । आयोजक संस्थाहरुले उक्तदिन सम्पूर्ण नेदरल्यान्डस् वासी नेपालीहरु एबम नेपालीका मित्र बिदेशी पाहुनाहरुलाई उपस्थित भाई दशै तिहार मनाउन निमन्त्रणा गरेका छन ।
दिनेश खरेल्,नेदर्ल्यान्डस

