नेदरलैंडमा दशैं कार्यक्रम भब्य रुपमा सम्पन्न
रास्ट्रीय एकता नेपाल नेदरलैंडको आयोजनामा नेदरलैंडको इतिहास मा नै प्रथम पटक नेपालीहरुको महान चाड बिजया दशमीको दिनमा नेपाली संस्कृति र परंपरा अनुसार दुर्गा माताको पूजा पाठ गरि बिधि पुर्बक मन्याजनबाट टिका,जमरा ग्हण एबम सुभ- कामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ
नेदरलैंडको राजधानी एम्सटर्डमको पोस्त्जेस वेग स्थित इंडियन टच रेस्टुरेंटमाँ आयोजित उक्त कार्यक्रममा नेदरलैंडका बिभिन्न सहरहरुबाट टिका ग्रहण गर्न आएका करीब २५० भन्दा बढ़ी नेपालीहरुले बिगत २ दशक भन्दा बढ़ी समय देखि दशैं पर्बको संस्कृति बचाउनमा ठुलो योगदान दिदै आउनु भएका अग्रज ब्यक्तितो श्री लीला धर गैरे र उहाकि धर्मं पत्नी श्रीमती लक्ष्मी देवी गैरे ज्जू बाट टिका र जमरा ग्रहण गरेका थिए/
त्यंत शांत बाताबरणमा सम्पन्न सो टिका कार्यक्रममा केहि नेपालीले करीब ९ बर्ष देखि दशैंको टिकाबाट बंचित रहेकामा प्रबासमा पनि यसरी आफ्नै घरमा जस्तै परिबारिक बाताबरणमा टिका लगाऊंन पाउदा आफु अत्यंत गर्बित भएको उलेख गरेका थिए भने कतिका आखा त रसायका देखिन्थिय/ टिका ग्हण प्रश्यात नेपालकै झझल्को दिने गरि तयार परिएको नेपाली खानाको परिकारहरु र सेल रोटीले सबैको मन लोभ्यायको देखिंथियो / टिकाको दिन बिहान १० बजे देखि नै रेस्टुरेंट ओरिपरी नेपालीहरुको चहलपहल सुरु भएको थियो भने रात को १० बजे सम्म पनि उपस्थित हुने क्रम जरी रहेको थियो/ टिका ग्रहण कार्यक्रम ७.०० बजे सकियेता पनि राती ११ .०० बजे सम्म पनि उपस्थित हुने लाई खानपिनको ब्यबस्था आयोजकले गरेको थियो
प्रबासमा नेपाली चाड पर्ब रीतिरिवाज़ ले बेग्लै बिशेष महत्व राखेको हुन्छ / दशैं जस्तो महान चाडको दिनमा कुनै पनि नेपालीले आफ्नो परिबारको कमी महसूस गर्न नपरोस भन्ने अभिप्रायले जसरी हामिहरुको परिवार ,छिमेकी र सारा देशले दशैं मनाई रहेको छ तेसैगरी नेदरलैंडमा पनि दशैं मनाउनका निमित्त टिका ग्रहण कार्यक्रमको आयोजना गरेको र संपूर्ण नेदरलैंड बासी नेपालीहरु उपस्थित हुन सकून भन्ने उद्देश्यले खुला स्थलमा निशुल्क प्रबेशको ब्यबस्था मिलाएको कुरा रास्ट्रीय एकता नेपाल नेदरलैंडका महा-सचिब श्री पीताम्बर शर्मा तिमिल्सिनाले जानकारी गराउनु भयो
सो कार्यक्रमको समापनमा रास्ट्रीय एकता नेपालका अधक्ष्य श्री दीपक बोहराले आफ्नो देश छोड़ी प्रबासमा रहदा नेपाली संस्कृति तथा चाडपर्बहरु तिथि मिति भन्दा बहिर गएर आफु अनुकूल मनाउने प्रचलन बंद गर्नु पर्ने र परापुर्ब काल देखि चलिआएको रीतिरिवाज,चाड पर्ब सोही अनुरूप मनाउन पर्ने कुरा मा जोड़ दिनु भयो/ टिका ग्रहण जस्तो अत्यंत मह्त्तोपूर्ण क्ष्रण र समय लाई आ आफ्नो अनुकुलको बनाउन संस्कृति बिपरीत हुने सबैको एक मत भएकोले यथा मिति र समयमा नै टिका ग्रहण गर्ने सबैको चाहना भएकोले सोही अनुसार गर्ने गरि रास्ट्रीय एकता नेपालले दशैं टिका कार्यक्रम राखेको जानकारी गराउनु भयो यसै गरी करीब २ दशक भन्दा लामो समय देखि नेदरलैंडमा नेपाली संस्कृतिको सही रुपमा संरक्षण गर्दै आउनु भएको र रास्ट्रीय एकता नेपाल नेदरलैंडले येसको प्रबर्दनमा चलाएको कदम मा साथ दिनु भएकोमा श्री लीला धर गैरे ज्जू लाई हार्दिक धन्यवाद दिनुका साथै उक्त कार्यक्रममा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमामा सहयोग गर्नु हुने सबैलाई धन्यवाद बेक्त गर्नु भएको थियो
रोशन शर्मा
नेदरलैंड
शुभ दीपावली को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने संपूर्ण नेपालीहरुमा सु -स्वास्थ्य ,शान्ति एबम प्रगतिको हार्दिक मगलमय शुभकामना ।
राष्ट्रिय एकता नेपाल नेदरलैंड
परिवार

